गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश अस्पताल, कुश्मा, पर्वत

अध्यक्ष

विष्णु राम विक

मेडिकल सुपरिटेण्डेन्ट

डा. हेमन्त बाँस्तोला

सूचना अधिकारी

प्रकाश शर्मा


हाम्रो बारेमा

प्रदेश अस्पताल, कुश्मा
स्थान र अवस्थिति
प्रदेश अस्पताल कुश्मा, पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको बडागाउँमा अवस्थित छ। यो क्षेत्र पवित्र कालीगण्डकी नदी र उर्जा नदिको रूपमा प्रख्यात मोदी खोलाको संगमस्थलमा अवस्थित छ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ खण्डको शिवालय चोकबाट लगभग ७०० मिटर दुरीमा रहेको यो अस्पताल जिल्लाको प्रमुख प्रशासनिक कार्यालयहरु नजिकै पर्छ।
इतिहास
- वि.सं. २०१६: कुश्मा हेल्थ पोस्टको रूपमा सेवा सुरु (भाडामा लिएर)
- वि.सं. २०२४: “कुश्मा पब्लिक हेल्थ पोस्ट” को नामाकरण
- वि.सं. २०४६: पर्वत अस्पताल गठन (तर हेल्थ सेन्टर जनस्वास्थ्य कार्यालय मातहत)
- वि.सं. २०५०: कुश्मा पब्लिक हेल्थ सेन्टरलाई अस्पतालमा गाभियो
- वि.सं. २०७४: संघीयताको कार्यान्वयनपछि अस्पताल प्रदेश मातहतमा आयो र स्वायत्त अस्पतालको रूपमा मान्यता प्राप्त गर्यो
- वि.सं. २०७९: अक्सिजन प्लान्ट स्थापना — जिल्लामै पहिलोपटक अस्पतालमा आन्तरिक उत्पादन
- वि.सं. २०७९/८०: SNCU सेवा सुरु — नवजात शिशुका लागि विशेष कक्ष
- वि.सं. २०८०: डायलासिस सेवा सुरु — मिर्गौला पीडितका लागि जीवनदायिनी सेवा
- वि.सं. २०८० फागुन २५: EMR प्रणाली पूर्णरूपमा कार्यान्वयन
- वि.सं. २०८०/८१: फार्मेसी सेवा स्तरीकरण, रक्तदाता रोष्टर प्रणाली र सामुदायिक सहकार्य विस्तार
- वि.सं. २०८१: पर्वत अस्पताललाई गण्डकी प्रदेशको उत्कृष्ट अस्पताल घोषित
- वि.सं. २०८१: ५० शैयाको भवन (लिफ्टसहित) निर्माण अन्तिम चरणमा
- वि.सं. २०८१: Physiotherapy सेवा सुरु
 
सेवा र जनशक्ति विवरण
- सुरुवाती १५ शैयाको अस्पताल (वि.सं. २०४६ माघ १६)
- हाल ३५ शैयाको सेवा सञ्चालन
- स्वीकृत दरबन्दी: २२ जना, जसमा
-  २ जना डाक्टरको दरबन्दी
-  २ जना MDGP,
- १ जना महिला रोग विशेषज्ञ,
- ८ जना MBBS डाक्टर,
- २ जना BDS डेन्टल डाक्टर
- कुल ११० जना प्रेरित र क्रियाशील स्वास्थ्यकर्मी कार्यरत
 
 मुख्य सेवाहरु र प्रविधिहरु
- डायलासिस सेवा सुरु गरिएको
- EMR प्रणाली पूर्णरूपमा कार्यान्वयन (Bhamni)
- थाइराइड परीक्षण
- अत्याधुनिक USG र डिजिटल एक्स-रे सेवा सुरु
- ८२.५ KVA को जेनेरेटर – विद्युतको वैकल्पिक स्रोत
- शव चिसो बनाउने मेशिन (Mortuary Chamber) व्यवस्था
- ठूलो क्षमताको अटोक्लेभ मेशिन – अस्पतालजन्य फोहोर व्यवस्थापन
- फोहोर व्यवस्थापनको लागि छुट्टै भवन निर्माण
- रक्तदाता रोष्टर प्रणाली – संघसंस्थासँग सहकार्यमा
 
सुरक्षा, अनुगमन र डिजिटल प्रविधि
- सम्पूर्ण अस्पतालमा CCTV निगरानी प्रणाली
- प्रवेशद्वारमा सुरक्षा गार्ड, गेट कम्पाउन्डिङ
- विद्युतीय हाजिरी प्रणाली लागू
- निशुल्क Wi-Fi सेवा उपलब्ध
- सफ्टवेयर प्रणालीद्वारा वित्तीय पारदर्शिता सुनिश्चित
 
सामाजिक सेवा र समावेशी कार्यक्रम
- एकद्वार संकट व्यवस्थापन केन्द्र – लैंगिक हिंसा पीडितका लागि
- विपद् कोष – गरिब, असहाय र विपद् पीडितका लागि
- न्यानो कपडा घर, कुरुवा घर, आमाघर – निःशुल्क वास र सेवा
- स्तनपान कक्ष स्थापना – मातृ–शिशु स्वास्थ्य प्रवर्द्धन
- ज्येष्ठ नागरिक र अपाङ्गमैत्री सेवा
- समुदायसँग सहकार्यमा: स्वास्थ्य सचेतना र सेवा कार्यक्रम
- १ एम्बुलेन्स र २ अन्य गाडीहरु उपलब्ध
 
विकास कार्यहरु
-५० शैयाको भवन लिफ्टसहित निर्माणाधीन
- नर्सिङ क्वाटर र अस्थायी प्रशासनिक भवन निर्माण सम्पन्न
- अक्सिजन प्लान्ट स्थापना – सिलिन्डरमा भर्ने झन्झट अन्त्य
 
प्रमुख सेवा सूची
- डायलासिस सेवा
- SNCU सेवा
- Physiotherapy सेवा
- फार्मेसी सेवा
- प्रयोगशाला, डेन्टल सेवा
- ज्येष्ठ नागरिक र अपाङ्गमैत्री सेवा
- रक्तदाता रोष्टर प्रणाली
 
 चुनौती र आधुनिक सेवामा रुपान्तरण
आजको समयमा:
- सेवा परम्परागत तरिकाले दिनु पर्याप्त छैन
  • बिरामीले उपचार प्रक्रियामा सक्रिय चासो राख्ने प्रवृत्ति बढ्दो छ
    जस्तै:
    • "के भएको हो?"
    • "के गर्दा ठीक हुन्छ?"
    • "औषधिको काम के हो?"
      यस्ता प्रश्नहरु सामान्य भएका छन्
त्यसैले:
- चिकित्सक, प्राविधिक तथा सम्पूर्ण टिम संवेदनशील, उत्तरदायी र सधैं तयार रहनुपर्ने आवश्यकतामा छौं।
सीप विकास र प्रोत्साहन
- आवश्यक तालिममार्फत स्वास्थ्यकर्मीको सीप अभिवृद्धि
- न्यूनतम पारिश्रमिक नभएका कर्मचारीहरुका लागि श्रम ऐन अनुसार स्केल वृद्धि र सुविधा व्यवस्था
 निष्कर्ष
हामी प्रदेश अस्पताल कुश्मालाई प्रविधियुक्त, विश्वसनीयबिरामीमैत्री सेवा केन्द्र बनाउने दृढ संकल्पका साथ अघि बढिरहेका छौं।
सेवा सुधार र विकासका लागि तपाईंहरूको सहयोग, सुझाव र साथ सधैं अपेक्षित छ।

समाचार तथा गतिविधि

सेवाग्राही/बिरामीहरुको तथ्यांक Live

पछिल्लो अपडेट (5 months ago)

ओपिडि सेवा लिने संख्या

पुरुष

महिला

जम्मा

आकस्मिक सेवा लिने संख्या

पुरुष

२६

महिला

१४

जम्मा

४०

भर्ना भएका

जम्मा

१४

स्वास्थ्य बीमा कार्यक्रमतर्फ

जम्मा

२३