• साईटम्याप
  • लो ब्यान्डविड्थ
  • स्क्रीन रीडर
  • ०६७-४२०४१४ , ९८५७६२१११९, १८१०५०००१४१
  • BMI Calculator
  •   Dark
  • अ‌‌+ अ‌ अ‌-
  •   English

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय

प्रदेश अस्पताल, कुश्मा, पर्वत

  • हाम्रो बारेमा
    हाम्रो बारेमा लक्ष्य भविष्यका योजना उपलब्धिहरु दरबन्दी संरचना नागरिक वडापत्र व्यवस्थापन समितिका पदाधिकारीहरु कार्यालयका कर्मचारीहरु
  • सूचना तथा समाचार
    सूचना समाचार प्रेस विज्ञप्ती
  • मौजूदा कानून
    ऐन नियम
  • हाम्रा सेवाहरु
  • डाउनलोड
    बोलपत्र विल तथा फारम प्रकाशन वार्षिक योजना – शंकर गिरी
  • उजुर / गुनासो
  • मिडिया
    फोटोहरु भिडियोहरु अडियोहरु
  • सम्पर्क
  1. गृहपृष्ठ
  2. समाचार
  3. स्वास्थ्य मन्त्री पौडेल पर्वत अस्पतालमा, सहयोग गर्ने प्रतिबद्धता

स्वास्थ्य मन्त्री पौडेल पर्वत अस्पतालमा, सहयोग गर्ने प्रतिबद्धता



स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् ।

पर्वत : स्वास्थ्य जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले तलब खाने हरेक व्यक्तिको दुई प्रतिशत रकम बिमा कोषमा जम्मा गर्न प्रस्ताव गरिएको बताएका छन् ।

मङ्गलवार पर्वत अस्पतालको ‘डिजिटलाइजेसन’ कार्यक्रमको समुद्घाटन कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउनको राज्य, निजी क्षेत्र र नागरिक सबै तयार हुनुपर्ने बताए । तलब खानेहरूको दुई प्रतिशत रकम सिधै बिमा कोषमा जाने गरी काम गर्न खोज्दा आफूलाई कतिपयले महत्त्वाकाङ्क्षी भएर बोलेको त कतिपयले मन्त्रीले जे पायो त्यही बोलेको आरोप लगाएको पनि उनले बताएका छन् ।

रोजगारी पाएकाहरूले उपचार पाउन सहज भएको भए पनि रोजगारी, आम्दानी नभएका तथा बिपन्न परिवारका व्यक्तिहरूले उपचार नै पाउन नसकेको अवस्था रहेको भन्दै मन्त्री पौडेलले उनीहरूलाई बचाउनको लागि पनि तलबको दुई प्रतिशत काटिने व्यवस्था हुनुपर्ने धारणा राखे । पर्वत अस्पतालबारेको प्रसङ्गमा बोल्दै मन्त्री पौडेलले व्यवस्थापन र सरसफाइ निकै राम्रो लागेको प्रतिक्रिया दिए । सरकाले नै लगानी गरेर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनुपर्ने भन्दै उनले जिल्लाको एक मात्र ठुलो अस्पताल भएकोले ५० शय्यामा सुविधाहरू सहित चल्नुपर्ने बताए । पर्वतका बिरामीहरू उपचारको खोजीमा पोखरा पुग्नुपर्ने अवस्था रहन नहुने भन्दै उनले त्यसका लागि आफूले सकेसम्मको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका अध्यक्ष शङ्कर गिरीले अस्पतालले भोगिरहेको समस्याहरूको बारेमा मन्त्री पौडेललाई जानकारी गराएका छन् । अस्पतालमा भेन्टिलेटर र आई.सि.यु सहितका सामग्रीहरू भए पनि आवश्यक जनशक्तिको व्यवस्थापन नहुँदा समस्या भएको उनको भनाई छ । अस्पतालले प्रभावकारी सेवा दिइरहेकोले नागरिकको मन पनि जित्दै गइरहेको भन्दै अध्यक्ष गिरीले मन्त्रालयका तर्फबाट पनि थप पहल गरिदिन अनुरोध गरे ।

गिरीकै अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अस्पतालका मेडिकल रेकर्डर प्रकाश सुवेदीले गरेका थिए । कार्यक्रममा स्वास्थ्य निर्देशनालयका प्रमुख खिमबहादुर खड्का, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बि.क., उपप्रमुख सोमबहादुर जि.सी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, उपप्रमुख स्वस्थानी रिजाल सहित जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरू सहित स्थानीयको पनि सहभागिता रहेको थियो ।

Download: स्वास्थ्य मन्त्री पौडेल पर्वत अस्पतालमा, सहयोग गर्ने प्रतिबद्धता


Share Tweet Share
8
महत्वपूर्ण लिंकहरु

  • प्रदेश तर्फ
  • संघ तर्फ
  • अन्य
  •   मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   अर्थ मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   स्वास्थ्य मन्त्रालय
  •   भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश नीति योजना आयोग, गण्डकी प्रदेश, पोखरा
  •   प्रदेश सभा, गण्डकी प्रदेश, पोखरा
  •   मुख्यन्यायाधिवक्ताको कार्यालय, गण्डकी प्रदेश, पोखरा
  •   शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश, पोखरा, नेपाल
  •   भौतिक पूर्वाधार,शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   कानून,सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय, गण्डकी प्रदेश, पोखरा
  •   पुरातत्व विभाग, रामशाहपथ, काठमाडौँ,
  •   गृह मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   अर्थ मन्त्रालय, सिंहदरवार, काठमाडौं
  •   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरवार, काठमाडौं
कार्यालय भएकाे स्थान

सम्पर्क ठेगाना

गण्डकी प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
प्रादेशिक स्वास्थ्य निर्देशनालय
प्रदेश अस्पताल, कुश्मा, पर्वत

०६७-४२०४१४ , ९८५७६२१११९, १८१०५०००१४१

parbathospital@gmail.com

https://php.gandaki.gov.np

Developed By:Virtual Technology Pvt. Ltd. This website has been viewed times.
© Province Hospital, Kushma, Parbat 2025