भविष्यका योजना
अस्पतालका उद्देश्यहरू
- नागरिकको मौलिक अधिकारको रूपमा निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने।
- आवश्यक औषधि, उपकरण, प्रविधि र दक्ष जनशक्तिसहितको प्रभावकारी र जवाफदेही स्वास्थ्य सेवा प्रणालीको स्थापना गर्ने।
- स्वास्थ्य बीमा गरेका नागरिकहरूलाई सहज रूपमा उपचार सेवा प्रदान गर्ने।
- जनसहभागितालाई सुनिश्चित गर्दै अस्पतालको सुदृढीकरणमा समुदाय र निजी क्षेत्रको संलग्नता बढाउने।
- विभिन्न संघसंस्थासँग सहकार्य गरी सेवा र उपकरणको व्यवस्थापन तथा सञ्चालन गर्ने।
भावी सोच (Vision)
नागरिकहरूको लागि सहज, गुणस्तरीय उपचार सुनिश्चित गर्दै स्वस्थ, उत्पादनशील र गुणस्तरीय नागरिक निर्माण गर्ने।
ध्येय (Mission)
उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै सेवाग्राही र सरोकारवालासँग रणनीतिक सहकार्य गर्दै नागरिकको गुणस्तरीय उपचार पाउने मौलिक अधिकारको सुनिश्चितता गर्नु।
लक्ष्य (Goal)
- आधुनिक सेवा विस्तार गरेर सामान्य उपचारका लागि ठूला शहर जानुपर्ने बाध्यता अन्त्य गर्ने।
- न्यायसंगत र जवाफदेही प्रणालीमार्फत उपचार सेवा प्रदान गर्ने।
सोचहरू (रणनीति)
अल्पकालीन सोचहरू
1 १२ घण्टा ओपीडी सेवा विस्तार गरिनेछ।
2 विशेषज्ञ सेवा विस्तार गरिनेछ।
3 अस्पतालको आन्तरिक पानी स्रोत व्यवस्थापन गरिनेछ।
4 जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि विशेष ओपीडी सञ्चालन गरिनेछ।
5 ‘आमाघर’ सञ्चालन गरिनेछ गर्भवती तथा सुत्केरी महिलाको सहज उपचारका लागि।
6 मृगौला पीडित प्रतीक्षारत बिरामी संख्या शून्यमा झार्ने लक्ष्य।
7 विशेषज्ञ तथा जनरल चिकित्सकहरूलाई प्रोत्साहन दिइनेछ।
8 इलेक्ट्रोनिक मेडिकल रेकर्ड (EMR) प्रणाली लागू गरिनेछ।
9 जेनेरिक प्रिस्क्रिप्सन लेखनको प्रशिक्षण सुरु गरिनेछ।
10 अस्पताल परिसरको सौन्दर्यकरण र वातावरण संरक्षणमा ध्यान दिइनेछ।
11 MD Resident Doctor को सहयोगमा सेवा विस्तार गरिनेछ।
12 एकीकृत CSSD विभाग स्थापनाको पहल गरिनेछ।
13 इलेक्ट्रोनिक बिडिङमार्फत औषधि खरिद प्रक्रिया पारदर्शी बनाइनेछ।
14 स्थानीय निकाय र कार्यालयसँग समन्वय गर्दै पूर्वाधार तथा स्रोतको व्यवस्थापन गरिनेछ।
दीर्घकालीन सोचहरू
1“हाम्रो अस्पताल, राम्रो अस्पताल” को रूपमा विकास गरी सेवामा विश्वास बढाइनेछ।
2 पर्वत अस्पताललाई ५० शैय्याको सुविधा सम्पन्न विशेषज्ञ अस्पतालमा स्तरवृद्धि गरिनेछ।
3 गुणस्तरीय सेवा प्रदान गर्ने क्षमता विकास गरिनेछ।
4 ICU सेवा विस्तार गरिनेछ।
5 CT स्क्यान लगायतका जाँच सेवाहरू स्थानीय तहमै उपलब्ध गरिने व्यवस्था गरिनेछ।
6 आँखा उपचार सेवा केन्द्रको विस्तार गरिनेछ।
7 स्वास्थ्य तालिम केन्द्रको रूपमा अस्पतालको विकास गरिनेछ।
8 गण्डकी प्रदेशकै ट्रमा सेन्टरको रूपमा अस्पतालको विस्तार गरिनेछ।
9 अस्पताललाई नर्सिङ तथा प्यारामेडिक्स अध्ययन अध्यापन केन्द्रको रूपमा स्तरवृद्धि गरिनेछ।
17
